Logo
Logo

प्रताप र प्रविशाको छहरामा रञ्जिता गुुरुङ (भिडियो)



काठमाडौं । प्रताप दास र प्रबिशा अधिकारीको स्वर रहेको नयाँ गीत ‘छहरा’ सार्वजनिक गरिएको छ । अमेरिकाको न्युजर्सीको रमणीय दृश्यलाई समेटेर निर्माण गरिएको छहराको भिडियो ड्रिम्स गेट इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो ।

यस गीतमा शब्द राजेशकुमार श्रेष्ठ र संगीत अलिश कार्कीले दिएका छन् । अलिसले पछिल्लो समय प्रेम गीत–३ का गीतमा संगीत दिएका थिए । यस्तै यस गीतलाइ सैलेन्द्रमान प्रधानले एरेन्ज गरेका हुन् ।

भिडियोमा चलचित्र ‘गोर्खा पल्टन’की नायिका तथा मोडल रन्जिता गुरुङले अभिनय गरेकी छन् । केही वर्षयता रञ्जिता अमेरिकामै बस्दै आएकी छन् । सार्वजनिक गीतको भिडियोलाई बिक्की पुलामीले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्