Logo
Logo

केटाहरुको विश्वासै लाग्दैन- सञ्जिता राना, मोडल तथा नृत्यांगना


- दृष्टि न्युज/संवाददाता


मोडल तथा नृत्यांगना सञ्जिता राना भाग्यमा भन्दा कर्ममा विश्वास राख्छिन् । प्युठानदेखि आएर यहाँ मोडलिङ अँगालेकी सञ्जिता म्युजिक भिडियोहरुमा त जमेकी छन् नै, नृत्यमा पनि उत्तिकै पारंगत छिन् उनी । अहिलेकी चर्चित मोडल हुन् सञ्जिता । तर, कर्म गर्नुपर्छ भन्ने सोचले उनी राजधानीको एक रोधी क्लवमा नृत्य समेत नाच्छिन् । तीन वर्षको अवधिमा ४० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी सञ्जिता भन्छन्, ‘काम गर्दैमा सानो भइँदैन । म रोधी क्लवमा नाच्छु । बुझ्नेले नराम्रो भन्दैन । नकारात्मक सोच्ने त अबुझहरु मात्र हुन् ।’ तर, रात्रि व्यवसायीका रुपमा लिइने रोधी क्लवमा काम गर्दा केही अप्ठ्याराहरु बेहोर्नु परेको पनि उनीसँग अनुभव छ । ‘पब्लिक फिगर भएपछि अलि–अलि त गाहै्र छ’ उनले भनिन्, ‘तर, अहिले बानी परिसकेँ ।’ ¥याम्प मोडलिङमा समेत रुचि राख्दै आएकी यिनै मोडल तथा नृत्यांगना सञ्जिता रानासँग एमपी सुब्बाको जम्काभेट ।

हिजोआज के गर्दै हुनुहुन्छ ?

खाशै विशेष केही गरेकी छैन । भर्खरै गएको तीजमा कार्यक्रमहरु थियो । त्यसयता कार्यक्रम भएको छैन । बेलुकी काम गर्न जान्छु ।

यो क्षेत्रमा लाग्नुभएको कति भयो ?

रहर र इच्छा त सानैदेखि थियो । तर, पूरै समय मोडलिङमा लागेको भने तीन वर्ष हुँदैछ ।

तपाइँ डान्सर कि मोडल ?

म दुवै हुँ । म्युजिक भिडियोमा मोडलिङ गर्छु । बेलुकी मेरो जब भनेको नृत्यु गर्नु हो । एउटा मोडलले नृत्य पनि गर्नुपर्छ ।

मोडलिङ क्षेत्रमा चिनिनुहुन्छ । रोधी क्लवमा नाच्दा अप्ठ्यारो लाग्दैन ?

त्यस्तो खाशै अप्ठ्यारो लाग्दैन । पेसा हो । पेसा गरी खान त पाइन्छ नि । कुनै कुनैले नराम्रो भन्छ । तर, बुझ्नेले कहिल्यै नराम्रो भन्दैन । त्यसैले कसले के भन्यो भनेर वास्ता नै गर्दिनँ ।

मोडलिङ र रोधी क्लवको जागिरमध्ये कुन पहिले सुरु गर्नुभयो ?

सँगसँगै सुरु गरेकी हुँ । प्युठानदेखि कलाकारिता गर्ने सपना बोकेर राजधानी आएकी हुँ । त्यसैले केही महिना नृत्य सिकेर रोधी क्लवमा जागीर सुरु गरेकी हुँ । त्यससँगै म्यसजिक भिडियोमा पनि मोडलिङ गर्न थालेकी हुँ ।

तपाइँले रोजेको क्षेत्र कस्तो लागिरहेको छ ?

आफ्नै रहर र रुचिले रोजेको क्षेत्र भएकाले रमाइलो लागिरहेको छ । म आफ्नो क्षेत्र र पेसामा सुन्तुष्टि नै छु ।

रोधी क्लवमा काम गर्नुहुन्छ । दोहारी गाउन अफर आयो भने गाउनुहुन्छ ?

मलाई गीत गाउन आउँदैन । कति ग्राहक मेरो नाम नै लिएर दोहोरी गाउन आउँछन् । तर, उनीहरुलाई मलाई गाउन आउँदैन, नाचेर दखाइदिन्छु भन्छु ।

¥याम्प मोडलिङतिर जानुभएको छ कि छैन ?

मेरो रुचिचाहिँ छ । प्रस्तावहरु पनि आइरहेका छन् । तर, अहिलेसम्म ¥याम्पमा हिँडेकी छैन । चाँडै ¥याम्पमा पनि जानसक्छु होला ।

फिल्ममा पनि प्रस्ताव आएको होला नि ?

केही समयअघि आएको थियो । तर, मलाई फिल्ममा सुहाउँदैन जस्तो लाग्छ । मलाई लाग्छ, म मोडलिङ र नृत्यमै फिट छु । तर, यदि कुनै फिल्मबाट तिमीले गर्नैपर्छ भन्ने कर आयो भने अभिनय गर्छु ।

ग्ल्यामर्स फिल्ड चिनिनु हुन्छ । मन पराउँछु भन्नेहरु कतिको आउँछन् ?

तिमीलाई मन पराउँछु, माया गर्छु भन्नेहरु त कति आउँछन्–आउँछन् । तर, मलाई आजभोलिका केटाहरुको विश्वास नै लाग्दैन ।

अहिलेसम्म कोही पुरुषको विश्वासमा पर्नु भएको छैन ?

छैन । यदि विश्वासमा परेको भए म सिंगल हुँदिनथिएँ होला । मलाई विश्वासमा पार्न नसकेरै अहिलेसम्म सिंगल छु । मैले मन पराएकाहरु साथी मात्र छन् । बरु कोही मेरो मन जित्न सक्ने हुनुहुन्छ भने आउनुस् । स्वागत छ ।

नयाँ योजनाहरु के बनाउँदै हुनुहुन्छ ?

खाशै योजना बनाएकी छैन । दशैंतिर प्रोगामका लाािग दुवईमा कुरा भइरहेको छ । यदि मिल्यो भने जाने हो । नत्र दशैँमा घर जाने हो र रमाइलो गर्ने हो ।

प्रतिक्रिया दिनुहोस्