Logo
Logo

काठमाडौँ–ओशाका उडान कटौती, निगमको विश्वसनियतामाथि प्रश्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ भदौ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ प्रधानमन्त्री केपी शर्मा ओलीको एक मात्र लक्ष्य हो । त्यो लक्ष्य प्राप्त गर्न सरकारी स्वामित्वका संस्थानहरुको पनि प्रमुख भूमिका हुन्छ । तर, नेपाल वायुसेवा निगमजस्तो महत्वपूर्ण संस्थान प्रधानमन्त्री आफैँले नियुक्त गरेका कार्यकारी अध्यक्षबाट घर न घाटको अवस्थामा पुगेको छ । मदन खरेल कार्यकारी अध्यक्ष बनेको एक वर्ष पुग्न लाग्दासमेत उनले निगमको अवस्था सुधार गर्न सकेका छैनन् । उनले जुन–जुन प्रतिबद्धता प्रधानमन्त्रीसँग जाहेर गरेर उक्त पद हात पारेका थिए, ती प्रतिबद्धता एउटा पनि पूरा भएको छैन ।

बल्लबल्ल जापानको ओशाकामा उडान अनुमति पाएको निगमको बजार व्यवस्था राम्रो हुन नसक्दा भदौ १२ गतेको पहिलो उडानमै एक करोड नोक्सान व्यहोर्नु प¥यो भने, भदौ १९, २६ र असोज २ गतेको काठमाडौँ–ओशाकाको नियमित उडान स्थगित गरिएको छ । यसले निगमको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।

बल्लबल्ल जापानको ओशाकामा उडान अनुमति पाएको निगमको बजार व्यवस्था राम्रो हुन नसक्दा भदौ १२ गतेको पहिलो उडानमै एक करोड नोक्सान व्यहोर्नु प¥यो भने, भदौ १९, २६ र असोज २ गतेको काठमाडौँ–ओशाकाको नियमित उडान स्थगित गरिएको छ । यसले निगमको विश्वसनीयतामाथि प्रश्न उठेको छ । निगमको ओशाका उडानको ‘पहिलो गाँसमै ढुंगा’ पर्नुको मुख्य कारण कमिशनको चक्कर नै हो । ओशाकाका लागि १२ वर्ष अगाडि काम गरेका देवमान हिराचनलाई जीएसएबाट हटाएकै कारण यो अवस्था आएको हो । हिराचनले निगमसँग काठमाडौँ–ओशाका–काठमाडौँको उडानको ८० प्रतिशत सिट बुकिङको ग्यारेन्टी गरेका थिए । तर, हिराचनलाई हटाएर ओशाकाको एजेन्ट थर्पु शेर्पालाई दिएपछि निगमको बजार व्यवस्थापन कमजोर भएको हो । निगमले अचानक नियमित उडान स्थगन गरेको विषयमा जापानको जेक्यावले निगमसँग स्पष्टीकरण सोधेको छ । यसबाट जेक्याव निगमसँग असन्तुष्ट बनेको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गरेको छ । उक्त कार्यदलले रिपोर्ट दिने तयारी गरेको छ । दुईवटा न्यारोबडी, दुईवटा वाइडबडी र पाँच वटा आन्तरिक उडानका लागि चिनियाँ जहाज भएर पनि व्यवस्थापनको कमजोरीका कारण निगम डुब्ने अवस्थामा पुगेको छ । सबैभन्दा पहिला पर्यटनमन्त्री भट्टराईले निगमका कार्यकारी अध्यक्ष खरेललाई बर्खास्त गर्नुपर्ने आवाज निगमका कर्मचारीहरुले उठाएका छन् । खरेल कार्यकारी अध्यक्षमा नियुक्त भएर आएपछि हरेक ठाउँमा भ्रष्टाचार पनि त्यत्तिकै बढेको छ । निगमको इन्जिनियरिङ विभागमा भएको भ्रष्टाचारको तथ्य दृष्टिले पटक–पटक उठाउँदै आएको पनि छ ।

प्रधानमन्त्री ओलीले बारम्बार सुशासनका कुरा उठाउने गरेका छन् । निगममा कुशासन मौलाएको कारण निगम डुब्ने अवस्थामा पुगेको हो । यो कुरालाई मनन गरेर योग्य व्यक्तिलाई निगमको जिम्मा नलगाउने हो भने सञ्चयकोष, नागरिक लगानी कोषको ब्याज तिर्न नसकेर मात्र होइन, भोलिका दिनमा पाइलट, कर्मचारीलाई तलब खुवाउन नसकेर निगम डुब्ला भन्ने चिन्ता त्यहाँका कर्मचारीले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्