Logo
Logo

नबिल बैंक तथा इक्यानद्वारा बैंकिङ सुविधाको सहमति गरिएको घोषणा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (इक्यान)बीच विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने सम्झौतामा विशेष समारोहबीच हस्ताक्षर भएको छ । यस सहमतिपश्चात नबिल बैंकले इक्यानसँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । यस सम्झौता अन्तर्गत बैंकले इक्यान, सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जालगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाइन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नेछ ।

उक्त सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले उक्त सहमतिमार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिवद्घता रहेको उल्लेख गरेका छन् ।

इक्यानको तर्फबाट अध्यक्ष विष्णु हरि पाण्डेले इक्यानले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्थाहरु, कर्मचारी लगायत विद्यार्थीहरुले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ सुविधा पाउनु गर्वको विषय भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्