Logo
Logo

मंसिरमा प्रदर्शनमा आएका पाँचवटै नेपाली फिल्म फ्लप !



काठमाडौं । मंसिर महिनामा लागेका सबै नेपाली फिल्म फ्लप भएका छन् । यो महिनामा जम्मा पाँच वटा नेपाली फिल्म सिनेमा हलमा लागे । तर, कुनै पनि फिल्मले दर्शक पाएन ।

आम निर्वाचन र विश्वकपले दर्शक तानिरहेको अवस्थामा बुद्धि तामाङ, धिरेन शाक्य अभिनित ‘चोर र पुलिस’ मंसिर २ गते प्रदर्शनमा आयो, तर, उक्त फिल्म एक दिन पनि राम्ररी चलेन अर्थात दर्शक नपाएपछि उक्त फिल्म मंसिर २ गते नै उत्रियो ।
यस्तै, सलोन बस्नेत अभिनित फिल्म ‘मिलन’ले पनि दर्शक पाएन । यो फिल्म मंसिर ९ देखि प्रदर्शनमा आएको थियो । उक्त फिल्ममा सलोनका साथमा कुशल शाह ठकुरी, शिल्पा थापालगायतको अभिनय छ ।

यस्तै, रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ पनि पहिलो शोबाटै दर्शकको खडेरी भोग्नुपर्यो । मंसिर १६ गतेदेखि प्रदर्शनमा आएको उक्त फिल्म केही दिनमै हलबाट उत्रियो ।

यस्तै, फिल्म ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’को अवस्था पनि अवस्था त्यस्तै देखियो । दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी समेत रहेका राजकुमार राईको कमब्याक फिल्म ‘सोल अफ द कमाण्डो’माथि निर्माण पक्षले जति अपेक्षा गरेको थियो, त्यसमा तुषारापात लाग्यो ।

यस्तै, ‘डेसान’ले पनि दर्शक पाउन सकेको छैन । भोलाराज सापकोटा, नम्रता सापकोटा अभिनित ‘डेसान’ गएको शुक्रबार सिनेमा हलमा लागेको हो । तर, दर्शक नपाएपछि हलबाट उतार्ने अवस्थामा पुगेको छ ।

एक सिकिमले भन्ने हो भने मंसिरमा रिलिज भएका पाँचवटै नेपाली फिल्मले पोष्टरको पैसासमेत फिर्ता गर्ने अवस्था देखिएन ।

प्रतिक्रिया दिनुहोस्