Logo
Logo

खोकनामा बंगलादेश बैंकको ९५ औं शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । ललितपुर जिल्लाको खोकनामा नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा ९५औँ शाखा सञ्चालनमा ल्याएको छ । भदौ २६ गते ललितपुरको खोकनामा शाखा उद्घाटन गरी बैंकले औपचारिक कारोबार शुभारम्भ गरेको छ ।

उक्त शाखाको औपचारिक समुद्घाटन माननीय पम्फा भुसालले गर्नुभएको थियो । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा जानकारी दिनुभएको थियो ।

बैँकले यस आसपासका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

खोकना शाखा विस्तारसगै बैंकले ९५ शाखा, सात एक्सटेन्सन काउन्टर, तथा ७९ एटिएमबाट बैंकिङ सेवा दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्