Logo
Logo

अभिनेत्री ऐश्वर्या रायको नक्कली पासपोर्टसहित तीन नाइजेरियन नागरिक पक्राउ



काठमाडौं । भारतको नोयडा प्रहरीले बलिउड अभिनेत्री ऐश्वर्या रायको नक्कली पासपोर्टसहित तीन जना नाइजेरियन गिरोहका सदस्यलाई पक्राउ गरेको छ ।

भारतीय मिडियाले उल्लेख गरेअनुसार उनीहरुबाट १३ लाख नकली अमेरिकी डलर र १० हजार ५०० पाउण्ड समेत बरामद गरेको छ । पूर्वमिस वल्र्डसमेत रहेकी ऐश्वर्याको नक्कली पासपोर्ट बरामद गरेपछि अनुसन्धानका क्रममा प्रहरीले गिरोहका सदस्यबाट उक्त नककली डलर बरामद गरेको हो ।

ती गिरोहले ऐश्वर्याको नक्कली पासपोर्ट केका लागि प्रयोग गरे भन्नेबारे खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनीहरुले महँगो मूल्यमा जडीबुटी बेच्चे गरेका थिए । यो नाइजेरियाली गिरोहले लामो समयदेखि वैवाहिक साइट र डेटिङ एप्समार्फत मानिसहरूलाई लक्षित गर्दै आएको बताइएको छ ।

यसबाहेक अपराधीले सेनाका एक सेवानिवृत्त कर्णेलसँग पनि १ करोड ८१ लाख रुपैयाँ ठगी गरेको पाइएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ती कर्णेलले प्रहरीमा उजुरी दिएपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थालेर गिरोहको पर्दाफास गरेको थियो ।

प्रहरी अधिकृत अभिषेक वर्माका अनुसार नाइजेरियाली ती अपराधीहरूले आफूलाई इके उफेरेमुक्वे, एडविन कोलिन्स र ओकोलोई डेमियनको रूपमा चिनाएका छन् । अहिले उनीहरुमाथि अनुसन्धान भइरहको नोयडा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्