Logo
Logo

भ्यालेन्टाइन्स डेमा ‘टाइटानिक’ विश्वभर पुनः रिलिज हुँदै



काठमाडौं । जेम्स क्यामरुन निर्देशित फिल्म ‘टाइटानिक’ आउँदो भ्यालेन्टाइन्स डेमा विश्वभर पुनः रिलिज गरिने भएको छ ।
अन्तर्राष्ट्रिय एजेन्सीले उल्लेख गरेअनुसार प्रदर्शनको २५औं वर्ष पुगेको अवसरमा यो विश्वचर्चित फिल्मलाई भिजुअल स्तरोन्नतीसहित पुनः विश्वभर रिलिज गरिन लागेको हो ।

आउँदो फेब्रुअरी १० मा यो फिल्म दर्शकले थ्रीडी, फोरके एचडीआर र उच्च फ्रेम रेटमा रिमास्टर्ड गरिएको टाइटानिकको नयाँ संस्करण हेर्न पाउने डेडलाइन हलिउड म्याजिनले जनाएको छ ।

उक्त म्याजिनका अनुसार निर्देशक क्यामरुनका निर्माण साझेदार तथा लाइटस्ट्रोम इन्टरटेनमेन्टका प्रमुख जोन लान्डाउले स्पेनको बार्सिलोनामा आयोजित सिनेयुरोप प्रस्तुतिमा यो कुरा बताएका हुन् ।

केट विन्सलेट र लियोनार्डो डिक्याप्रियोलाई स्टारको रुपमा स्थापित गर्ने यो फिल्म सन् १९९७ को डिसेम्बरमा रिलिज भएको थियो । महिनौंसम्म विदेशमा चलेको यो फिल्मले ओस्कार अवार्डमा पनि वर्चस्व जमाएको थियो । यो फिल्म नेपालमा यसअघि नै रिलिज भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्