Logo
Logo

पठानको ‘बेसरम रङ’ ले ल्याएको तरंग



काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘पठान’ ले यतिबेला विश्वका कयौं देशलाई तरंगित बनाएको छ ।
अभिनेता शाहरुख र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्मको ‘बेसरम रङ’ गीतले यतिबेला भारतमा मात्रै हौइन विश्वका कयौं देशमा तहल्का मच्चाएको हो ।

भारतका ७ राज्यमा त यो फिल्म प्रतिबन्धको माग गर्दै विरोध प्रदर्शन भइरहेका छन् । मध्य प्रदेश र गुजरातपछि बिहार, उत्तर प्रदेश र छत्तीसगढ लगायतका राज्यमा पठानविरुद्ध चर्को आलोचना भइरहेको छ । धार्मिक भावनामा चोट पु¥याएको भन्दै फिल्मविरुछ अदालतमा मुद्दासमेत दर्ता भएको छ ।

फिल्मको गीत सार्वजनिक भएसँगै नृत्य स्टेप र पहिरनविरुद्ध चर्को आलोचना सुरु भएको हो । पठानको ‘बेसरम रंग’बोलको गीतमा दीपिकाले लगाएको बिकिनीको रङका विषयमा सुरु भएको विरोधले भारतमा उग्र रुप लिएको छ ।

शिव सेनाका कार्यकर्ताले फिल्मबाट उक्त गीत हटाउन माग गर्दै प्रदर्शन गरेका छन् । फिल्मबाट गीत नहटाए फिल्म प्रदर्शनमा रोक लगाउने उनीहरुले चेतावनी दिएका छन् । उक्त विरोधप्रति शाहरुखले भने राज्यलाई विभाजन गर्न खोजिएको प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फिल्म र सामाजिक सञ्जाल आफ्नो अभिव्यक्ति, मानव अनुभव र भावनालाई व्यक्त गर्ने सजिलो माध्यम हो । तर सामाजिक सञ्जालमा हाम्रो समयको सामूहिक कहानीलाई आकार दिन थालिएको छ। सामाजिक सञ्जालले फिल्मलाई नकारात्मक असर गर्छ । मलाई लाग्छ – अब फिल्मले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्