Logo
Logo

पदीय मर्यादाविपरीत गतिविधि गरेको भन्दै तरुणले हटायो महासचिव


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २९ भदौ । नेपाल तरुण दलले पदीय मर्यादा र जिम्मेवारीविपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव भुपेन्द्रजंग शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको छ ।

शाहीले तरुण दलको आदर्श एवं सिद्धान्तविपरीत गई अनुशासनहीन कार्य गरेकाले पदबाट हटाउनुपरेको अध्यक्ष जितजंग बस्नेतद्वारा जारी पत्रमा उल्लेख गरिएको छ । सङ्गठनको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा जनाइएको छ । शाहीलाई सङ्गठनबाट हटाइएको पत्रको बोधार्थ पार्टी सभापति शेरबहादुर देउवालाई समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्