Logo
Logo

प्राइम कमर्सियलले कन्काई विकास बैंकलाई प्राप्तिपश्चात एकीकृत कारोबार शुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड आज एक समारोहबीच बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्तिपश्चातको एकीकृत कारोबार शुभारम्भ गरेका छन् । प्राइम कमर्सियल बैंकका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर तथा दुवै वित्तीय संस्थाका संचालक र बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।

बैंकले बिभिन्न बित्तीय संस्थाहरुलाई मर्जर/प्राप्ति समेत गरी आफ्नो पूँजी बढाउने योजनाअन्तर्गत कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति गरिएको प्राइम बैंकका नायब महाप्रबन्धक तथा प्रवक्ता भाइराजा तुलाधरले बताए । यी दुई बैंकहरुको प्राप्तिपश्चात बैंकको चुक्ता पूँजी रु ९अर्ब ६८ करोड पुगेको छ भने निक्षेप रु ८८ अर्ब तीन करोड तथा कर्जा ८० अर्ब २८ करोड पुगेको छ । प्राप्तिपश्चातका बैंकको कुल शाखा संख्या ९५ पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्