Logo
Logo

टी-२० लिग विजेताले ५५ लाख पाउने, दोस्रो र तेस्रो हुनेलाई कति ?



काठमाडौं । नेपाल टी–२० लिग प्रतियोगित भोलि शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने उद्धाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जरले प्रतिस्पर्धा गर्नेछन् ।

क्यानले यस प्रतियोगिताको विजेताले पाउने पुरस्कार राशी निर्धारण गरेको छ । जसअनुसार प्रतियोगिताको विजेताले ५५ लाख पाउने छन् भने दोस्रो हुने टोलीले ३० लाख र तेस्रो हुने टोलीले १० लाख पाउनेछ ।

चौथो हुने टोलीले पनि ५ लाख रुपैयाँ हात पार्ने भएको छ । त्यसैगरी प्लेयर अफ दि सिरिजले ५ लाख पाउँदा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान साढे २ लाख पाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । त्यस्तै उदीयमान खेलाडीले पनि १ लाख ८० हजार पाउनेछ ।

खेल तालिका:

प्रतिक्रिया दिनुहोस्