Logo
Logo

साम करन आईपीएलकै महँगा खेलाडी, १८ करोड ५० लाख भारुमा पन्जाबमा अनुबन्ध



काठमाडौं । इङ्ग्ल्यान्डका युवा अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् ।

केरलाको कोचीमा चलिरहेको आईपीएल मिनी अक्शनमा २४ वर्षीय करनलाई पन्जाब सुपर किङ्ग्सले १८ करोड ५० लाख भारु (२९ करोड ५० लाख रुपैयाँ)मा अनुबन्ध गरेको हो । उनको ‘बेस प्राइस’ दुई करोड भारु थियो । यसअघि उनी चेन्नई सुपर किङ्ग्समा आबद्ध थिए । सन् २०१९ मा करनले पन्जाबबाटै खेलेका थिए ।

यसअघि आईपीएल अक्शन इतिहासमा दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस सर्वाधिक महँगा खेलाडी बनेका थिए । सन् २०२१ को अक्शनमा उनलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा अनुबन्ध गरेको थियो ।

२३ वर्षीय अस्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रीन दोस्रो नम्बरमा छन् । उनलाई मुम्बई इन्डियन्सले १७ करोड ५० लाख भारुमा अनुबन्ध गरेको छ । उनी पहिलो पटक आईपीएलको हिस्सा बनेका हुन् ।

यस्तै इङ्ग्ल्यान्डका ब्याटर ह्यारी ब्रुक तेस्रो नम्बरमा छन् । २३ वर्षीय ब्रुकलाई सनराइजर्स हैदराबादले १३ करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ । उनी पनि पहलो पटक आईपीएलको हिस्सा बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्