Logo
Logo

डोल्पा जिल्लाको डोल्पोबुद्धमा राष्ट्रिय वाणिज्य बैंकको २३८ औं शाखा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गांउपालिका वडा नं.१ धो मा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको छ । नेपाल सरकारका मान्नीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयूक्त रुपमा बैंकको २३८औं शाखा कार्यालयको आइतबार समुदघाट्न गर्नुभएको हो ।

उक्त अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारी बैंकले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थानमा शाखा सञ्चालन गरि बित्तीय पहुंच पुर्याएकोमा बैकको थप प्रगतिको लागि शुभकामना ब्यक्त गर्नुभयो । बैकको ५ नं.प्रदेश कार्यालय नेपालगञ्जका प्रादेशिक प्रबन्धक आनन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सुवेदीले बैंकका प्रमुख कार्यकारी अधिकृतको बैकलाई तोकिएका सबै स्थानीय निकायमा बैंकको पहुंच पुगेको संदेश सम्प्रेषण गर्नुभएको थियो ।

उक्त अबसरमा नेपाल सरकारकासंस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, कर्णाली प्रदेश सरकारका मान्नीय आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक बिकासमन्त्री दल राबल, उद्योग, पर्यटन तथा वाताबरण मन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्ति तथा प्रदेश सांसद बदामी कुमारी बोहोराको उपस्थिति रहेको थियो । त्यसैगरी उक्त कार्यक्रममा नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, जिल्ला समन्वय समिति प्रमुख शेरबहादुर बुढा, नेकपा केन्द्रीय सदस्य हंशबहादुर शाही, नेपाली काग्रेस सभापति अंगदबहादर बुढा, ढोल्पोबुद्ध गाउपालिका अध्यक्ष तेम्बा गुरुङ, छार्काताङसोङ गाउपालिका अध्यक्ष सेनाङ गुरुङ, काइके गाउपालिका अध्यक्ष अंगद राना, डोल्पोबुद्ध गाउपालिका वडा नं. १ का वडाध्यक्ष ग्याल्पो थापा भोटे, रासस महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रहरी नायब उपरिक्षक नारायण रंजितकार, उपप्रधान तथा रक्षामन्त्रीका स्वकीय सचिब लोकेन्द्र केसी, बैकका प्रबन्धक होताराम योगी, उपप्रबन्धक लिलाराम ढुगाना, मुड्केचुला शाखा प्रबन्धक जंगवीर बिक, सहायक हेमराज बुढालगायत पत्रकारहरु र सर्व साधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यसैबीच डोल्पा जिल्लाको छार्काताङ्गसोङ्ग गाउंपालिका वडा न.ं ४ स्थित २३७ औं शाखा कार्यालय छार्काताङ्गसोङ्गको पनि कारोबार शुभारम्भ भएको छ । बैंकले गत आ.व. २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५।५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्