Logo
Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट मिट कार्यक्रम सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एकदिने एजेन्ट भेटघाट र एएमएल÷सीएफटी तालिम कार्यक्रम काठमाडौंस्थित एलिस रिसेप्शनमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायतका २०० भन्दा बढी एजेन्टहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनलगायत सम्पूर्ण व्यवस्थापन समूहको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १३ वर्षदेखि विश्वभरि आफ्नो रेमिट एजेन्ट्हरुबाट सात हजारभन्दा बढी नेपालको एजेन्ट्हरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्