Logo
Logo

डीएसपी ठगबहादुर केसी निलम्बित



काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् ।

३५ तोला सुन, नगद र चेक गरी २५ लाख रुपैयाँसहित पक्राउ परेका केसीलाई निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । व्यवसायीको सुन नै कब्जा गरेपछि केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।

त्यसपछि उनलाई निलम्बनका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको थियो । हेडक्वार्टरको सिफारिस अनुसार गृहले केसीलाई निलम्बन गरेको हो ।

सुन कारोबारसम्बन्धी मुद्दामा असुली गरेको भन्ने सूचना आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सीआईबीको टोली खटिएको थियो। उक्त टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्