
काठमाडौं । सशस्त्र प्रहरी बल नवराजपुर बि.ओ.पी र इलाका प्रहरी कार्यालय झाँझपट्टीको संयुक्त टोलीले भारतबाट अवैध रुपमा ल्याइएको १६ लाख बराबरको कपडा र अगरबत्तीको धुलो बरामद गरेको छ ।
विशेष सुराकीको आधारमा संयुक्त टोलीले नवराजपुर–३ मेनहाबाट सञ्जय महतोको जस्तापाताले छाएको टहरामा लुकाई राखेको अवस्थामा उक्त सामग्री बरामद गरिएको हो ।
त्यसैगरी सशस्त्र प्रहरीकै टोलीले झाँझपट्टीकै बिनोद यादवको घर नजिकैबाट ५ लाख बराबरको अगरबत्तीको धुलो बरामद गरेको छ । त्यसैगरी, नवराजपुर–५ स्थित ब्रहमदेव महतोको जस्ताले बनाएको टहराबाट पनि सशस्त्र प्रहरीले ५ लाख ५० हजार बराबरको १६० बोरा अगरबत्तीको धुलो बरामद गरेको छ ।
त्यसैगरी, नवराजपुर–३ जगतपुर बस्ने शिवनारायण यादवको घरमा लुकाई राखिएको २ लाख ५० हजार बराबरको ७२ बोरा अगरबत्तीको धुलो बरामद भएको छ ।
बरामद गरिएका सामग्री सिरहा भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।












