Logo
Logo

गोपीको ‘दिलको छेउ कुनामा’ बजारमा आउँदै



काठमाडौं । गीतकार गोपी दाहालको नयाँ गीत ‘दिलको छेउ कुनामा’ बजारमा आउने भएको छ ।

बिहीबार ‘दिलको छेउ कुनामा’ गीतको पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा कलाकारका रुपमा गोपी दाहाल र प्रेक्षा बानियाँलाई देख्न सकिन्छ ।

चाँडै बजार आउन लागेको उक्त गीतको भिडियो मुस्ताङको रमणीय वातावरण छायाङ्कन गरिएको निर्माण पक्षले जानकारी दिएको छ । पोस्टरमा गोपी र प्रेक्षालाई प्रेमिल देखिएका छन् । 

प्रकाश धितालले निर्देशन गरेको उक्त भिडियो उत्सव दाहालले छायाङ्कन गरेका हुन् भने तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन् । 
गीत सौगात जंगथापाको संगीत तथा सौगातजंग र ममता गुरुङको स्वरमा रेकर्ड भएको हो ।

प्रतिक्रिया दिनुहोस्