Logo
Logo

माओवादीले आज बागमती प्रदेश दलको नेता चयन गर्ने


630
Shares

हेटौंडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता आज शुक्रबार चयन गर्ने भएको छ ।

काठमाडौंमा बिहान १० बजे बस्ने बैठकले प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको हो । दलका नेतामा ५ जनाले आकांक्षा देखाएका छन् । माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि शालिकराम जम्कट्टेल, बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’,प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर जितेका नेपाल समाजवादी पार्टीका नेता गंगा नारायण श्रेष्ठले दावी गरिरहेका छन् ।

तर, मुख्य दावेदारको रुपमा यसअघि २०७४ मा दलको नेता भइसेकाका जमकट्टेल र माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष पौडेल देखिएका छन् । पार्टी पोलिटब्युरो सदस्य जमकट्टेल र प्रदेश अध्यक्ष पौडेलले आ-आफ्नो दाबी छोडेका छैनन् । दलको नेता सर्वसम्मत नभएमा चुनावी प्रतिस्पर्धा हुन सक्ने बताइएको छ । दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था भएकाले नेताहरूबीच प्रतिस्पर्धा देखिएको छ। बागमतीमा माओवादीबाट कुल २१ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्