Logo
Logo

गायिका ज्योती मगर भट्टीवाली भएपछि…! (भिडियो)



काठमाडौं । गायिका ज्योती मगर पुनः हट अवतारमा देखिएकी छन् । ‘हट एण्ड बोल्ड’ गायिकाको उपमा पाएकी ज्योतीको नयाँ गीत ‘कान्छी मुसुक्कै पैसा भुसुक्कै’ बोलको गीत सार्वजनिक भएको छ, जुनको गीतको भिडियोमा ज्योती आफैँ फिचरिङ छन् ।

भिडियोमा ज्योतीले पहिरिएको लुगाले यो पुसको ठण्डीमा पनि दर्शक तथा श्रोतालाई गर्माउने खालको छ । गीतमा ज्योतीसँगै गायक योगेशकाजीको शाहको पनि स्वर रहेको छ ।

गायिका ज्योती मगरकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा शब्दरचना ज्योतीकै रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको यस भिडियोमा ज्योतीसँग अमर अमृत दाहालले अनस्क्रिन रोमान्स गरेका छन् । ज्योतीले भिडियोमा भट्टीवालीको भूमिका निर्वाह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्