Logo
Logo

सिद्धार्थ बैंकले २५.२६ प्रतिशत लाभांश बाँड्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । सिद्धार्थ बैंकले २५.२६ प्रतिशत लाभांश बाँड्ने भएको छ । सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम बाट बैंकका शेयरधनिहरुलाई उक्त लाभांस बाँड्न लागेको हो ।

बैंकले लाभांश बाँड्नका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ । बैंकले नाफाको १० पतिशत बराबर हुन आउने ८८ करोड ८७ लाख ६० हजार रुपैयाँ बोनस शेयरको रुपमा वितरण गर्ने छ । यस्तै, बाँकीरहेको १५.२६ पैतिशत बराबरको हुन आउने १ अर्ब ३५ करोड ६५ लाख २९ हजार रुपैयाँ नगद लाभांश दिने भएको छ ।

आगामी साधारण सभाबाट बैंकले उक्त लाभांस परित भएपछि वितरण गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्