Logo
Logo

‘सान्बाबु’मा उमेशसँग रोमान्टिक बनिन् केकी अधिकारी


504
Shares

काठमाडौं । गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको ‘सान्बाबु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

रोहित घिमिरेको शब्द र सिएल शर्माको संगीत रहेको सार्वजनिक भिडियोमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानहरूमा भिडियोको छायांकन गरिएको छ । वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

युवा उद्यमीसमेत रहेका मोडल उमेशको केही समयअगाडि मात्रै रिलिज गरिएको ‘लुकिछिपी’ बोलको गीतको भिडियोले चर्चा पाएको थियो । उमेशले भोजपुरी फिल्म ‘प्रेम गीत’मा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

विकाश दाहालको सम्पादन र उत्सव दाहालको छायाँकन रहेको गीतमा सन्जिव बराईको एरेन्ज, किशोर थापाको मिक्सिङ रहेको छ । भिडियो द डिभाइन म्युजिकबाट बजारमा आएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000