Logo
Logo

वार्षिकोत्सवका अवसरमा माछापुच्छरे बैंकको ‘छुटै छुटको वहार’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ असोज । माछापुच्छरे बैंकले १९औं वार्षिकोत्सवका अवसरमा विभिन्न १९ प्रकारका छुट योजना ल्याएको छ । बैंकले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा हरेक वर्ष माछापुच्छ«्रे महोत्सव गरी विभिन्न छुट प्रदान गर्दै आएको जनाएको छ । यस वर्ष पनि बैंकले २० औं बर्ष प्रवेशका अवसरमा असोज महिनाभर आफ्नो सम्पूर्ण शाखामार्फत विभिन्न १९ प्रकारका थप सुविधा प्रदान गर्न लागेको जानकारी दिएको छ ।

योजनाअन्तर्गत बैंकले असोजभर निःशुल्क डेबिट कार्ड प्रदान गर्नेछ भने डिम्याट खाता तथा मेरो सेयर खाता निःशुल्क खोलिदिने बताएको छ । त्यस्तै, माछापुच्छरे महोत्सवअन्र्तगत देशभरका भाटभटेनी सुपरमार्केटमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरेर विभिन्न सामान खरीद गर्दा १० प्रतिशतसम्मको क्यास व्याक अफरसमेत प्रदान गर्ने बताएको छ ।

योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जनाभन्दा बढीको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर÷युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुट, गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुटलगायत सुविधासमेत प्रदान गर्नेछ ।

स्थापनाको २० वर्षमा बैंकले देशभर १३७ शाखा, १२८ शाखा रहित बैकिङ सेवा एवम् १६० एटीएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्