Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री निवासको शिलान्यास


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासको बालुवाटारमा आज शिलान्यास गर्नुभएको छ ।

साविककै निवास रहेको ठाउँमा अत्याधुनिक नयाँ भवन नौ महिनामा निर्माण सम्पन्न भइसक्ने गरी आज शिलान्यास भएको हो । पहिला बनेको भवन राज्य सञ्चालनका लागि उपयुक्त नभएकाले पनि नयाँ भवनको आवश्यकता परेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

“देशको शासन, प्रशासन, विकास निर्माण परामर्श, कुटनीति सम्बन्धलाई प्रभावकारी बनाउनका लागि पनि अत्याधुनिक भवनको आवश्यकता थियो” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब निर्माण हुने भवनले शताब्दीसम्म नेपालका प्रधानमन्त्रीको त्यो आवश्यकता पुरा गर्नेछ ।” करिब ३० करोड रुपैयाँको लागतमा प्रधनमन्त्री निवास निर्माण हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्