Logo
Logo

ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डबाट पुनः जुनसुकै पिएसओ मेशिनमार्फत कारोबार गर्न मिल्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ असोज । ग्लोबल आइएमई बैंकको कार्डहरुबाट देश र विदेशमा रहेका जुनसुकै चिपमा आधारित प्वाइन्ट अफ सेल (पीएसओ) मेशिनबाट कारोबार गर्न मिल्ने सेवा पुनः सुचारु भएको छ । यस सँगै बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड वाहकले चिपमा आधारित सम्पूर्ण प्वाइन्ट अफ सेल मेशिनहरुबाट कारोबार गर्न सक्नेछन् ।

यस बैंकको एटीएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न सकिने सेवा भने यथावत रहेको छ । बैंक यसबाट सम्पूर्ण ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छ र बैंकको कार्ड सम्बन्धी अन्य सेवाहरु पनि यथाशीघ्र सुचारु गराउन प्रतिबद्ध रहेको छ । बैंकका १४८ वटा एटीएम र १२० प्वाइन्ट अफ सेल मेशिनहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्