Logo
Logo

सिम्पलकाे ‘जहाँ तिमी अनि म’ (भिडियोसहित )



काठमाडौं । गायिका सिम्पल खरेलको सुमधुर स्वरमा नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत टिका दाहालले गरेका छन् । यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा स्वयम् गायिका खरेल फिचर्ड छन् । भिडियोमा हरि हुमागाईको छायाँकन र सम्पादन रहेको छ । गायिका खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो । खरेलकै आधिकारिक च्यानल ‘सिम्पल खरेल’मार्फत भिडियो सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्