सिईओको षडयन्त्रमा फस्दै बिओके « Drishti News – Nepalese News Portal
Logo

सिईओको षडयन्त्रमा फस्दै बिओके


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ असोज । राजनीतिमा जस्तै नेपालको बैंकिङ क्षेत्रमा समेत गुटबन्दी र प्रतिशोधको घटना देखिन थालेको छ । नेपालमा पछिल्लोपटक गुटबन्दीले बैंकिङ क्षेत्र नै धरासायी हुने जोखिम बढेको छ ।

गुटबन्दीको पछिल्लो शिकार बैंक अफ काठमाडौं (बिओके)का पूर्वसिईओ अजय श्रेष्ठ भएका छन् । बैंक मर्जपछि लुम्बिनी बैंकबाट आएका सिईओ शोभनदेव पन्तको समूहले श्रेष्ठ लगायतका बैंक अफ काठमाडौंका पुराना कर्मचारीलाई फसाएर बैंकमा आफ्नो राज गर्ने रणनीति लिएको छ । सोही रणनीतिअनुसार श्रेष्ठ पक्राउ परेको बैंक स्रोत बताउँछ ।

पाँच वर्षअघि दिइएको कर्जाको आधारमा सिआईबीले श्रेष्ठसहित ६ कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । झापाका सुरेन्द्र श्रेष्ठले खोला छेउको जग्गा राजमार्ग छेउको भन्दै नक्कली कागजपत्र बनाएर कर्जा लिएका थिए । श्रेष्ठले भ्यालुएटेर भेषराज खत्रीलाई आर्थिक प्रभावमा पारेका थिए । भ्यालुएटरले राम्रोसँग अध्ययन नै नगरी उक्त जग्गा राजमार्ग छेउकै भनेर प्रमाणित गरिदिए । जग्गा हेर्ने जिम्मा त्यसबेला बिराटनगरमा कार्यरत कर्मचारी गणेश लम्साललाई दिइएको थियो । उनले पनि भ्यालुएटरलाई नै विश्वास गरे । त्यही कागजपत्रका आधारमा कर्जा दिने निर्णय केन्द्रीय कार्यालयबाट भयो ।

त्यही घटनामा अहिले तत्कालिन सिईओ श्रेष्ठ पक्राउ परेका हुन् । जबकी त्यसम भ्यालुएटर र एक कर्मचारीको मात्र संलग्नता थियो । विगतमा पनि यस्ता घटना हुँदा सम्बन्धित कर्मचारी मात्र पक्राउ पर्दथे । धितो हेर्न कुनै पनि बैंकका सिईओ आफैं जाँदैनन् । तर, यसपटक सिईओलाई नै पक्राउ गरेपछि धेरैले यो घटनाभित्रका चलखेल खोजी गर्न थालेका छन् ।

दुई वर्षअघि सिईओ बनेर आएका पन्तले बैंक अफ काठमाडौंमा आफ्नो हालिमुहाली चलाउन यसरी पूर्व सिईओलाई नै फसाएका हुन् । श्रेष्ठलाई पक्राउ गर्न उनले नै भूमिका खेलेको स्रोत बताउँछ । जबकी श्रेष्ठ बैंकिङ क्षेत्रका इमानमा चल्ने सिईओका रुपमा ख्याती कमाएका थिए । तर, उनी गुटबन्दी र षडयन्त्रको सिकार भएका छन् । बैंक अफ काठमाडौंमा लुम्बिनी बैंकबाट आएका कर्मचारीहरुले आफ्नो राज चलाउन पुराना कर्मचारीहरुलाई फसाउने रणनीति खेलेका हुन् ।

यो घटनालाई धेरै बैंकरहरुले आश्चर्यजनक भनेका छन् । कतिपयले यसलाई मर्जरले निम्त्याएको विकृति भनेर समेत ब्याख्या गरेका छन् । मर्जकै कारण दुई बैंकका कर्मचारीबीच गुटबन्दी भएको र त्यसको असर बैंकलाई परेको छ । कर्मचारीका स्वार्थका कारण यतिबेला बैंककै छवि गिर्न पुगेको छ ।

इमानमा बस्ने सिईओ नै गल्ती नै नगरी यसरी फसेपछि अन्य बैंकरहरुसँग स्तब्ध बनेका छन् । यसमा हालका सिईओ पन्तकै चलखेल रहेको उनीहरुको बुझाई छ ।

त्यसो त पन्त आफुले खनेको खाल्डोमा आफैं पर्ने सम्भावना छ । उनले लुम्बिनी बैंकमा हुँदा नियोजित रुपमा नै कमसल धितोमा धेरै कर्जा प्रवाह गरेको स्रोत बताउँछ । त्यसमध्ये कतिपय कर्जा उठेको छैन । त्यसको गम्भीर अनुसन्धान गरेमा उनी आफैं सिआईबी हिरासतमा पुग्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्