Logo
Logo

कांग्रेसमा जबर्जस्त आएको धर्मको एजेन्डा


- दीपेश केसी


नेपालगञ्जमा छाडिएका गाई पहाडतर्फ लाने क्रम अहिले मात्र चलेको होइन, विगतमा पनि चल्दै आएको हो । तर, यसपटक नेपालगञ्ज नगरपालिकाका मेयर धबल शमशेर राणा दैलेख पु¥याइएको गाईको मारिएको घटनामा मुछिए । यो प्रकरण निकै चर्चामा आयो । यसले धवल शमशेरलाई मात्र नभई उनको दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत अलोकप्रिय बनायो । गाई चिन्ह लिएर चुनाव लड्ने र हिन्दू राष्ट्रको एजेन्डा उठाइरहेको दलको बदनामीले उसको राजनीतिक एजेन्डाको विश्वसनीयतामाथि समेत प्रश्न उठाउने काम गर्यो । यही मौकामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भनिहाले— गौहत्या हुँदा हिन्दूराष्ट्रको एजेन्डा लिएर सडकमा आउनेहरु कहाँ छन् ?

दीपेश केसी

सबैभन्दा चुनौती नेपाली कांग्रेसको नेतृत्वलाई छ । कांग्रेसको भावी नेतृत्वको निर्णय धर्मको मुद्दाले गर्नसक्ने वातावरण बन्दै गएको छ । मधेश केन्द्रित दलहरुमा धर्मको मुद्दा बलियो नै छ । राप्रपा र राप्रपाका फुटेर बनेका दलहरुको एजेन्डा हिन्दू राष्ट्र छँदैछ । यो अवस्थामा कम्युनिष्ट पार्टी धर्मनिरपेक्ष जोगाउने चुनौतीको सामना गर्न पुग्नेछ ।

गौहत्याले राजनीतिक रङ्ग लिइरहँदा राप्रपाले भन्दा धर्मनिरपेक्षताका पक्षधरहरुले धर्मको राजनीति गर्न थालेका छन् । धर्मनिरपेक्षको पक्षधर नेपाली कांग्रेसमा हिन्दूको राष्ट्रको एजेन्डा जर्बजस्त उठिरहेको छ । नेपाल कम्युनिष्ट पार्टी पनि धर्मको विषयलाई गम्भीरतापूर्वक लिन थालेको छ । पशुपतिनाथको साँझको आरतीमा संस्कृतीमन्त्री योगेश भट्टराईले राष्ट्रिय गान घुसाइदिन निर्देशन दिनुमा पनि राजनीति मिसिएको छ । धर्मनिरपेक्षताका पक्षधर मन्त्री भट्टराईले एउटा धर्म विशेषको नित्य कर्ममा राष्ट्रिय गान समावेश गर्नुमा राजनीतिक चार्तुयता लुकेको देखिन्छ । धर्मगुरुहरुले नरुचाएको यो विषयमा विरोध गरिहाल्दा उनीहरु जनतामाझ अलोकप्रिय बन्ने अवस्था बन्नसक्छ । त्यसैले सिधै विरोध गर्नेहरु कमै देखिए । यी घटनाक्रमले नेपाली राजनीतिमा धर्म मुख्य मुद्दा बनेर आउँदैछ भन्ने पुष्टि हुन्छ ।

छिमेकी भारतमा हिन्दूवादी भारतीय जनता पार्टीको अभूतपूर्व चुनावी सफलताले नेपाली राजनीतिमा धर्मको मुद्दा अझ बलियो भएको महशुश हुनथालिसकेको छ । नेपालका हिन्दू संघसंस्थालाई त्यसले उत्साही बनाएको छ । उनीहरु झन् झन् संगठित हुँदै गएका छन् । राजनीतिमा विस्तारै अप्रत्यक्ष प्रभाव बढाउँदै लगेका छन् । विशेषगरी नेपाली कांग्रेसको वैधानिक निकाय महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै केन्द्रीय समितिसम्म प्रभाव बढाएका छन् । डा. सशांक कोइरालाले हिन्दू राष्ट्रको एजेन्डालाई दुई वर्ष अघि नै सार्वजनिक रुपमा उठाएका हुन् । यसपटक केन्द्रीय समितिमै यो एजेन्डाले यति जर्बजस्ती रुप लियो कि देशलाई हिन्दू राष्ट्र बनाउन नहुने पक्षका उपसभापति विमलेन्द्र निधिले कांग्रेस हिन्दू राष्ट्रको एजेन्डामा जान नसक्ने बताए । तर, सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छेदार, महामन्त्री पूर्णबहादुर खड्का मौन बसे । यो मौनता निकै अर्थपूर्ण छ ।

धर्मको एजेन्डा जर्बजस्त उठिरहँदा बाह्य शक्तिको भूमिका पर्दाबाहिर आउँदैछ । संघीयताका लागि भन्दै युरोपेली युनीयनले ११ अर्ब सहयोग गर्ने विषय बाहिर आयो । यो मात्र संघीयतको लागि मात्र हुनेछैन भन्नेमा कुनै शंका छैन । नेपालमा धर्मनिरपेक्ष लागू गराउन युरोपेलीहरु नै लागेका थिए । यसको खुलासा जिम्मेवार राजनीतिक दलका नेताहरुले गरिसकेका छन् । डा. शेखर कोइरालाले धर्मनिरपेक्षताको अभ्यास युरोपबाट शुरु भएको बताइसके । युरोपेलीहरुका लागि संघीयताभन्दा धर्मको एजेन्डा बढी प्रिय छ भन्ने विषय उनीहरुले संचालन गरेको मिसिनरीहरुले पुष्टि हुन्छ । कुनैबेला सैन्य शक्तिबाट सांस्कृतिक उपनिवेश बनाउने गरेका युरोपेलीहरु पैसा र रणनीतिक चार्तुयताले आफ्नो धर्म संस्कृति फैलाइरहेका छन् । यो घटनाबाट दक्षिणको भारत र उत्तरको चीन सतर्क हुँदै आएका छन् । चीनमा सि जिङपिङले सांस्कृतिक आक्रमण भन्दै पश्चिमा प्रभावको धर्मविरुद्ध कडा नीति लिएका छन् । भारतमा नरेन्द्र मोदी संस्कृति रक्षाको अभियानमा छन् । बैंगलोरमा पुगेर असफल चन्द्रयान अवतरणपछि दुःखी वैज्ञानिकहरुलाई ढाडस दिने क्रममा उनले संस्कार र संस्कृतिको व्याख्या गर्न भ्याए ।

धर्मनिरपेक्ष भन्दै नेताहरु धार्मिक कार्यक्रममा प्रत्यक्ष संलग्न हुनथालेको जगजाहेर छ । सबैभन्दा विवादास्पद घटना युनिभर्सले पिस फाउन्डेसनको कार्यक्रममा भयो । यथार्थ जे होला ‘होली वाइन’ को विषयले बहुसंख्यक नेपाली जनताको मनमा चीसो पस्यो । धर्म नीरपेक्ष भन्दै धार्मिक कार्यक्रमहरुकै आयोजक कमिटिमा राजनीतिक दलका जिम्मेवार नेताहरु प्रत्यक्ष संलग्न भए । ‘होली वाइन’ पिएको विषय उठ्यो । यसले सबैभन्दा बढी हिन्दू जनसंख्या असन्तुष्ट देखिए । ८० प्रतिशत भन्दा बढी हिन्दू धर्मालम्बी भएको देशमा धर्मनिरपेक्षता संविधानमा राख्दा मौन बसेका हिन्दूहरु पछिल्लो घटनाक्रमले असन्तुष्टि मात्र नभई आक्रोशित भए । यसले धर्मको नाममा राजनीतिक गर्नेहरुलाई सबैभन्दा लाभ पुग्यो । भित्र भित्र रणनीतिक रुपमा बढिरहेका हिन्दूवादीको चाहनामा धर्मनिरपेक्षताका पक्षधर नै सहयोगीसिद्ध भए । वर्तमानमा जे जसरी राजनीतिमा धर्म हावी हुँदै जाने लक्षण देखिदैछ यसमा धर्मनिरपेक्षताका पक्षधर नै कारक देखिएका छन् । उनीहरुका गतिविधिका कारण राजनीतिमा धर्म दरिलो मुद्दा बन्दै गएको छ ।

बाह्य राजनीतिको प्रभाव

आन्तरिक राजनीतिक र बाह्य परिस्थिति यसरी विकसित हुँदै गएको छ कि, नेपालको राजनीतिमा धर्मले जानीनजानी प्रवेश पाइसकेको छ । अब यसको व्यवस्थापन चुनौती बनेको छ । उत्तरमा चीनले आफ्नो संस्कृतिक रक्षाका लागि कडा कदम चालिसकेको छ । सी जिङपिङले मुसलमान र इशाईहरुप्रति कडा नीति लिएको खबर आइरहेको छ । चीनमा सांस्कृतिक उपनिवेश रहन नदिने उनको नीति खुलस्त छ । हिन्दू स्वयंसेवक संघबाट शिक्षित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतमा हिन्दू संस्कृतिलाई बलियो बनाउँदै बाहिरी दुनियाँमा पनि यसलाई मजबुत बनाउन सक्रिय छन् । नेपालमा होस् या इस्लामिक मुलुक बहराईनमा नै किन नहोस् मोदी मन्दिर जान छुटाउँदैनन् ।

आन्तरिक राजनीतिक र बाह्य परिस्थिति यसरी विकसित हुँदै गएको छ कि, नेपालको राजनीतिमा धर्मले जानीनजानी प्रवेश पाइसकेको छ । अब यसको व्यवस्थापन चुनौती बनेको छ । उत्तरमा चीनले आफ्नो संस्कृतिक रक्षाका लागि कडा कदम चालिसकेको छ । सी जिङपिङले मुसलमान र इशाईहरुप्रति कडा नीति लिएको खबर आइरहेको छ । चीनमा सांस्कृतिक उपनिवेश रहन नदिने उनको नीति खुलस्त छ । हिन्दू स्वयंसेवक संघबाट शिक्षित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतमा हिन्दू संस्कृतिलाई बलियो बनाउँदै बाहिरी दुनियाँमा पनि यसलाई मजबुत बनाउन सक्रिय छन् । नेपालमा होस् या इस्लामिक मुलुक बहराईनमा नै किन नहोस् मोदी मन्दिर जान छुटाउँदैनन् । मोदीको दल भारतीय जनता पार्टी नेपालमा धर्मनिरपेक्षता रहेकोमा खुशी छैन । अभूतपूर्व चुनावी सफलताका साथ दोस्रो कार्यकाल शुरु गरेका मोदीले नेपाल मामलामा के गर्लान् चासोको विषय छ । धर्मनिरपेक्षता हटाउन विगत देखि नै भाजपा नेताहरुले दिएको दबाब जगजाहेर छ । नेपालमा धर्मको मुद्दा उठाउन भाजपा निकटस्थहरु पनि सक्रिय भएका छन् । यसकारण पनि धर्मको मुद्दालाई साथ मिल्दै गएको छ ।

मोदीको दल भारतीय जनता पार्टी नेपालमा धर्मनिरपेक्षता रहेकोमा खुशी छैन । अभूतपूर्व चुनावी सफलताका साथ दोस्रो कार्यकाल शुरु गरेका मोदीले नेपाल मामलामा के गर्लान् चासोको विषय छ । धर्मनिरपेक्षता हटाउन विगत देखि नै भाजपा नेताहरुले दिएको दबाब जगजाहेर छ । नेपालमा धर्मको मुद्दा उठाउन भाजपा निकटस्थहरु पनि सक्रिय भएका छन् । यसकारण पनि धर्मको मुद्दालाई साथ मिल्दै गएको छ । भारतले विगतमा १२ बुँदे समझदारी हुँदै गणतन्त्र स्थापनाका लागि भूमिका खेलेको सतहमै आइसकेको छ । एकजना भारतीय पूर्व अधिकारीले पुस्तकमार्फत् यो खुलासा गरिसके । भारतले जसरी विगतमा गणतन्त्र स्थापनामा भूमिका खेल्यो त्यो हिन्दू राष्ट्र स्थापनामा खेल्यो भने नेपालको राजनीतिक फरक धारमा बग्न थाल्छ । नेपालमा हिन्दू राष्ट्र स्थापना गर्ने रणनीति अहिलेसम्म भाजपाको देखिन्छ । भविष्यमा भारतको रणनीति बनेमा त्यसले सार्थकता पाउनसक्ने सम्भावना उत्तिकै छ । आन्तरिक र बाह्य दुवैतर्फबाट धर्मको विषय पेचिलो बनेर आइरहेको छ । यसकारण पनि धर्मको मुद्दालाई व्यवस्थापन गर्नुपर्ने चुनौती हरेक दलमा देखापरिसकेको छ ।

सबैभन्दा चुनौती नेपाली कांग्रेसको नेतृत्वलाई छ । कांग्रेसको भावी नेतृत्वको निर्णय धर्मको मुद्दाले गर्नसक्ने वातावरण बन्दै गएको छ । मधेश केन्द्रित दलहरुमा धर्मको मुद्दा बलियो नै छ । राप्रपा र राप्रपाका फुटेर बनेका दलहरुको एजेन्डा हिन्दू राष्ट्र छँदैछ । यो अवस्थामा कम्युनिष्ट पार्टी धर्मनिरपेक्ष जोगाउने चुनौतीको सामना गर्न पुग्नेछ । ८० प्रतिशतभन्दा बढी हिन्दू मतलाई विश्वास दिलाउन निकै कठिन छ । धर्मको एजेन्डा मजबुत हुँदा हिन्दू धर्मालम्बीको मत एकै ठाउँमा खस्दा ठूलो चुनावी धक्का व्यहोर्नुपर्ने हुनसक्छ । यसैलाई मध्यनजर गरेर होला भविष्यमा आउने चुनौतीका लागि नेकपाका रणनीतिकारहरु तयारी अवस्थामा बसिसकेका छन् । जसरी नेपाली राजनीतिका विगत दुई वर्षहरु एउटा सिधा मार्गमा बढ्यो त्यसरी अब पक्कै बढ्ने देखिदैन । अग्रगामी र पश्चगामी जे नाम दिएपनि नेपाली राजनीतिमा धर्म बलियो मुद्दा बनेर आयो । अबको केही वर्ष राजनीति यसैको सेरोफेरोमा बढ्नसक्छ । वर्तमानको घटनाक्रमले भविष्यको यही दिशा देखाइरहेछ ।

प्रतिक्रिया दिनुहोस्