Logo
Logo

सिटी एक्सप्रेस मनि ट्रान्सफर र ई–सेवाबीच रेमिटान्स कारोबार सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ  । सिटी एक्सप्रेस मनी ट्रान्सफर र ई–सेवाबीच रेमिटान्स कारोबार सुरु भएको छ । एक कार्यक्रमकाबिचसिटी एक्सप्रेसकातर्फबाट प्रबन्धनिर्देशकचन्द्र टण्डन र ई–सेवाको तर्फबाट प्रमुखकार्यकारी अधिकृत सुभाष सापकोटाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ई–सेवा प्रयोगकर्ताले आफ्नो ई–सेवामा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपालभरि रहेको सात हजारभन्दा बढी एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै ई–सेवाका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् ।

यसका साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो ई–सेवाखातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तरराष्ट्रिय एजेन्टहरुबाट पनि सिधै ई–सेवा खातामा रकम जम्मा गर्ने सुबिधा सुरु हुनेछ ।

ई–सेवाबाट तपाईले मोबाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल÷कलेजको शुल्कलगायतका सेवाहरुमा शुल्क भुक्तानी गर्न सकिन्छ । ईसेवामा हाल ५५ वटा बंैक, ६० हजार एजेन्ट र २० लाखभन्दा बढी ग्राहक रहेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३वर्षदेखि विश्वभरि आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजारभन्दा बढी नेपालको एजेन्ट्हरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्