Logo
Logo

बोनस शेयर प्रस्ताव पारित भएसँगै प्राइमलाइफको चुक्तापुँजी दुई अर्ब नाघ्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हालै सम्पन्न विशेष साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तुत बोनस सेयरको प्रस्ताव सर्वसम्मत रmपमा पारित गरेसँगै कम्पनीको चुक्तापुँजी २ अर्ब नाघेको छ । कम्पनीको विशेष साधारणसभाले हालको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँको १२.५ प्रतिशतका दरले बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

अब कम्पनीको चुक्ता पुँजी २ अर्ब ७९ लाख ३९ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । विशेष साधारणसभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि प्रस्ताव गरिएको १ करोड १७ लाख ४२ हजार ३ सय ३६ रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ । कम्पनीले नियमनकारी निकाय बिमा समितिको निर्देशन अनुसार चुक्ता पुँजी कायम गर्न विशेष साधारण सभा बोलाएको हो ।

काठमाडौंमा कर्पोरेट कार्यालय रहेको कम्पनीले सातैवटा प्रादेशिक, शाखा, उपशाखा र सम्पर्क कार्यालय गरी १४० भन्दा बढि स्थानबाट सेवा दिइरहेको छ । कम्पनीले विभिन्न १६ किसिमका जीवन बिमालेखहरm प्रचलनमा ल्याएको छ । २०७६ भदौ मसान्तसम्ममा १६ लाख ९० हजार बिमालेख बिक्री गरी कुल १५ अर्ब ३१ करोड बिमा शुल्क संकलन गरेको छ र जिवन विमाकोषको आकार रm ८ अर्ब ९० करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्