Logo
Logo

तरुण नेता भुपेन्द्रजंग शाही कारवाहीमा पर्ने !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ९ असोज । प्रमुख प्रतिपक्षी कांग्रेसले तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई कारवाही गर्ने भएको छ । पार्टीको दोस्रो चरणको जागरण अभियानप्रति असन्तुष्टि जनाउँदै त्यसलाई नौटंकी अभियान घोषणा गरेका शाहीलाई अब बस्ने पार्टी केन्द्रीय समिति बैठकबाट कांग्रेसले कारवाही गर्न लागेको हो ।

त्यसका लागि कांग्रेसले भोलि १० गते पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसको युवा संगठन तरुण दलमा जम्मा ४ जना मात्र पदाधिकारी छन्, केन्द्रमा । त्यसमध्ये अध्यक्ष जीतजंग बस्नेत र महासचिव शाहीका बीचमा समेत एकले अर्काे नेतालाई कारवाही गर्दै संगठनबाट निष्काशन गरेको घोषणा गरेका थिए । कांग्रेसले विपी जन्म दिनबाट मंगलबार (असोज ७) सम्मका लागि दोस्रो चरणको जागरण अभियान घोषणा गरेको थियो ।

पार्टी संगठन सुढृढीकरण गर्ने र सरकारका विरुद्ध भण्डाफोर अभियान चलाउने उद्देश्यले कांग्रेसले जागरण अभियान चलाएको थियो । तर तरुण महासचिव शाहीले पार्टीलाई सरकारले गरेको भष्टाचारविरोधी अभियानमा केन्द्रित गर्नुपर्नेमा साना–मसिना काममा मात्र अल्झाउने काममा लगाएको भन्दै त्यस अभियानलाई नौटंकी भनेका थिए ।

उनी पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेता हुन् । उनले छुट्टै काठमाडौँको नयाँबानेश्वरमा सरकारको भ्रष्टाचारका विरुद्ध सडक प्रदर्शन गरेको थियो । त्यहाँ शाहीले राष्ट्र«पति विद्या भण्डारीले गणेशमान स्मृति दिवसका कार्यक्रममा पार्टी सभापतिले वोलेको आफूले नवुझेको भनी अपमान गर्न खोजेको भन्दै विरोध जनाएका थिए ।

उनले राष्ट्र«पति नेकपावाट चलेको आरोप समेत लगाएका थिए । प्रधानमन्त्री केपी ओलीको इसारा वुझने तर कांग्रेस सभापतिले वोलेको नवुभझने भन्दै सभापति देउवालाई राष्ट्र«पतिले होच्याएको शाहीले आरोप लगाएका थिए ।

कांग्रेसले दोश्रो चरणको अभियान चलाउँदै गर्दा तरुण दलका अध्यक्ष र महासचिवका विचमा जागरण अभियानका विषयमा विवाद चर्काेको थियो । अध्यक्ष वस्नेतले अभियान सफल वनाउन आन्तरिक पार्टी संगठनलाई सर्कुलर गरेका थिए भने शाहीले जागरण अभियानको साटो सरकारको भष्टाचारको विरोधमा आन्दोलन गर्नुपर्ने मत सहतिको छुटटै सर्कुलर गरेका थिए ।

त्यसपछिको आरोप प्रत्यारोपमा दुवै नेताले एकले अर्काेलाई संगठनवाट निश्कासन गरेको घोषणा गरेका थिए ।

पार्टीको अभियान चलिरहदा पार्टीको जिम्मेवार संगठनका महासचिवले अभियानलाई नौटंकी भनेको भन्दै कांग्रेसमा शाहीलाई कारवाहीको माग उठेको छ । सभापति देउवाले पनि शाहीलाई कारवाही गर्नेपर्ने बताएको देउवा निकट एक नेताले बताए ।

यसका लागि उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि छलफल गरिसकेको उनको भनाइ छ । शाही पौडेल निकट नेता हुन् । पौडेलले पनि शाहीले अभियानलाई नौटंकीसम्म भन्न नहुने धारणा राखेको स्रोत बताउँछ । पौडेललाई शाहीले यस्तो गर्दासम्म कारवाही नगरे पार्टीमा अनुशासन कसरी कामय हुन्छ भनी देउवाले भनेको पनि स्रोत बताउँछ । पौडेलको समर्थनमा शाहीलाई अबको केन्द्रीय समिति बैठकले कारवाही गर्ने तयारी गरिरहेको देउवा निकटका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्