Logo
Logo

पोषणयुक्त स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री


315
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबी दर घटाउँदै प्रोटिनलगायत पोषणयुक्त स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा ‘राइट टु प्रोटेन रन’ हाफ म्याराथुन पुरस्कार वितरण समारोहलाई सम्बोधन गदै उनले सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै आम समुदायमा प्रोटिनको उपलब्धता सोचेजस्तो पुग्न नसेको बताएका हुन् ।

आम समुदायमा प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

‘तथ्यांकअनुसार सन् २०१९ मा ३२ प्रतिशत ५ वर्ष मुनिका बच्चाहरुले उमेर अनुसारको उचाई प्राप्त गर्न सकेनन्, खास गरी उमेरअनुसार जति प्रोटिनको आवश्यकता हुन्छ, सोअनुसारको उपलब्धता हुन नसक्दा यस्ता समस्याहरु हामीले भोगिरहेको तथ्य जगजाहेर नै छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पुड्कोपना र कुपोषणको समस्याबाट विशेष गरी गरीबीको रेखामुनि रहेका आमजनसमुदाय बढी पीडित रहेको पाइन्छ ।’

प्रधानमन्त्री प्रचण्डले पहिलो १००० दिनमा बालबालिकालाई उपलब्ध हने पोषणले उनीहरुको समग्र स्वास्थ्यमा नै असर पार्ने तथ्यबारे नेपाल सरकार जानकार रहेको बताए ।

उनले गर्भवती महिला र नवजात शिशुहरुलाई लक्षित गरी स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रमहरु समेत नेपाल सरकारले सञ्चालन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्