Logo
Logo

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु


1.6k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा सुरु भएको छ ।

सभामुख चयन भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका घिमिरेले संसदमा दलको भूमिका, संसदको काम प्रभावकारी बनाउन चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल गर्न लागेका हुन् ।

बैठकमा नेपाली कांग्रेसबाट अजय चौरसिया, जीवन परियार र रमेश लेखक सहभागी भएका छन् । त्यस्तै नेकपा एमालेबाट सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रबाट हितराज पाण्डे, राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाही र नेकपा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला र किसन श्रेष्ठ तथा कानून तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान उपस्थित भएका छन् ।

घिमिरे माघ ५ गते प्रतिनिधि सभाबाट सभामुखमा निर्वाचित भएका थिए । उनले शुक्रबार राष्ट्रपति समक्षा पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्