Logo
Logo

उपसभामुखको रुपमा इन्दिरालाई पाउनु गौरवको विषय : राजेन्द्र


945
Shares

काठमाडौं । उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको उपसभामुखको रुपमा इन्दिरा रानामगरलाई पाउनु गौरवको विषय भएको बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखको उम्मेदवार इन्दिरा रानामगरलाई समर्थन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री लिङ्देनले इन्दिरालाई समर्थन गर्न पाउनुमा आफू विशेष खुसी रहेको समेत बताए ।

‘मेरा खुसीका दिनहरूमध्ये आज विशेष खुसीको दिन हो । मैले इन्दिरा रानामगरलाई यो सदनको उपसभामुख पदमा समर्थन गर्ने मौका पाएँ’, उनले भने ।

ऊर्जामन्त्री लिङ्देनले भनेका छन्, ‘एउटा भुइँ मान्छे, जसले समाज र देशको नाम राख्ने गरी समाजसेवा गरेको छ । आफूलाई सम्पूर्णरुपमा समाजसेवामा समर्पित गरेको छ । त्यस्तो व्यक्तिलाई हामीले उपसभामुखकोरुपमा पाउनु गौरवको कुरा हुन्छ, उहाँलाई सबैले मतदान गरौँ, आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्