Logo
Logo

ठूलो ओहोदामा बसेर अकुत सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानबिन गरौं : राजकिशोर


567
Shares

 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले ठुल्ठूला पदमा बसेर अकुल सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद यादवले त्यसका लागि तत्कालै विधेयक ल्याएर अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘हामी सधैँ भ्रष्टाचारको कुरा गर्छौ । तर कुरामात्रै गरेर भएन । तत्कालै जनलोकपाल विधेयक ल्यायौं । जो-जो ठूलो ओहोदामा बसेर अकुत सम्पत्ति कमाएका छन्, सबैको सम्पत्ति छानबिन गरौँ । अब पनि हामीलाई गल्ती गर्ने छुट छैन ।

संविधानको व्यवस्थाअनुसार समावेशी समानुपातिक र समतामूलक समाज निर्माण बाटोमा देशलाई अघि बढाउन नसके संसद्प्रति जनताको मोह नासिएर जान सक्ने सांसद यादवले  बताए ।

यादवले  प्रधानमन्त्रीलाई आफूले गरेका प्रतिबद्धताहरू नबिर्सन आग्रह गरेका छन् । ‘हामी अहिले पनि विकासका ठुल्ठूला कुरा गर्छौ । तर यो देशमा एउटा युवा नागरिकता नपाएर अनागरिक छ, किसानहरू एक बोरा मल नपाएर नाकामा प्रहरीको लठ्ठी खाइरहेको छ । तर हाम्रो नेतृत्व अहिले संसद्‌मा नाकको लडाइँ गरिरहेको छ,’ उनले भने, ‘यो सदनमा नाकको लडाइँ होइन, मुलुकको विकास र आर्थिक समृद्धिको बहस गरौँ ।’ 

प्रतिक्रिया दिनुहोस्