काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले अहिले कम्फर्टेबल राष्ट्रपति बनाउन राजनीतिक दलहरूले दौडधुप गरिरहेको टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सांसद केसीले भने, ‘अबको राजनीतिक पार्टीभित्रको खडाई राष्ट्रपतिको छ । सबैलाई कम्फर्टेबल राष्ट्रपति र सभामुख चाहिएको छ। राष्ट्रपति र सभामुखले दूधको दूध पानीको पानी अनुसार चलाउन सक्छ ।’
संसदीय व्यवस्थाको बखान गर्नेहरुले नै प्रणाली नमान्ने भएपछि समस्या भएको केसीको भनाई छ । ‘हामी संसदीय व्यवस्थाको बखान गर्न नथाक्ने तर त्यसको प्रणालीलाई नमान्ने भएपछि हामीले संसद् राम्रोसँग चलाउन सक्दैनौं,’ उनले भने।











