काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ ।
संघीय संसद सचिवालयका अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो ।

निवेदनमा कांग्रेसले आफूलाई प्रमुख विपक्षी दल दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भन्ने प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी भएको दाबी गर्दै आएको छ ।














