
काठमाडौं । मधेस प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
महोतरी जिल्ला क्षेत्र-२ को ‘ख’ बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद सुरिता साह र पर्सा निर्वाचन क्षेत्र-३ को क बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद प्रमोद कुमार जैसवाल आइतबार जसपा प्रवेश गरेका हुन् ।
उनीहरुलाई पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा खादा र टिका लगाई अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।














