Logo
Logo

‘संविधान जोगाउनकै लागि कांग्रेसले राष्ट्रपतिको उम्मेदवार प्रस्तुत गर्नुपर्छ’


945
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अनुकूलमा राष्ट्रपति विद्यादेवी भण्डारीले बारम्बार संवैधानिक व्यवस्थामाथि प्रहार गरेको आरोप लगाएका छन् ।

आइतबार नेपाली कांग्रेस नवलपरासीको सुनवल नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको संविधान जोगाउनका लागि भएपनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार दिनुपर्ने बताए ।

नेता पौडेलले भने, ‘हिजो ओलीजी अनुकूलमा राष्ट्रपतिले संवैधानिक व्यवस्थामाथि बारम्बार प्रहार गर्नुभयो । यो गठबन्धनले फेरि सम्झौताअनुसार त्यसरी नै अगाडि बढ्यो भने नेपालको संविधानका लागि खतरा हुन्छ ।’ उनले अतिवादमा विश्वास नगर्ने कांग्रेसको समन्वयकारी भूमिकाले देशका गम्भीर संकटहरु समाधान भएको दावी गरे ।

उनले भने, ‘कांग्रेसको नेतृत्व राष्ट्रपतिमा पुग्न सक्यो भने बहुरंगी आजको संसद्लाई समन्वय गर्न सक्छ । परिस्थितिवश झनै जटिल भूमिका हुने देखिए वर्तमान स्थितिमा समन्वयकारी क्षमता भएको व्यक्ति राष्ट्रपतिमा जान आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्