काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ ।बैठक यही माघ १२ गते केन्द्रीय कार्यायलमा बस्ने गरि बोलाइएको हो ।

निर्वाचनपछि पहिलो पटक बस्न लागेको स्थायी समिति बैठकका एजेन्डामा पार्टी निर्माण, सरकारलाई सहयोग र पार्टीका विभाग तथा जन वर्गीय संगठनको क्रियाशीलता लगायतका छन् ।
त्यस्तै, बैठकले नै केन्द्रीय समिति बैठकको समेत मिति तय गर्नेछ । विभिन्न पार्टीसँग एकताका लागि कार्यदल समेत बनाएको माओवादीले नेपाल समाजवादी पार्टीसँग भने तत्काल एकता गर्ने तयारी गरिरहेको छ ।














