Logo
Logo
दृष्टिको १० हेडलाइन्स्

मन्त्रालय घटेकोदेखि कांग्रेसमा आन्तरिक संघर्ष चर्किएकोसम्म


441
Shares

१, असन्तुष्ट मधेसकेन्द्रीत दललाई फकाउँदै सरकार, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र सिके राउत नेतृत्वका जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास, घेराबन्दीमा परेपछि एकता, सहकार्य वा मोर्चाबन्दी गर्ने आन्तरिक छलफल तीनवटै दल ।


२, नेकपा (माओवादी केन्द्र)ले बोलायो स्थायी समितिको बैठक, बैठक यही माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने, समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल हुने, पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछिको अवस्था, पार्टीका बाँकी कामलगायतका विषयमा छलफल हुने ।


३, संसद्को सबैभन्दा ठूलो दल बने पनि सत्ता बाहिर पुगेपछि कांग्रेसभित्र आन्तरिक ‘संघर्ष’ चर्कियो, सत्ता बाहिर बस्नुको अवस्थालाई मुद्दा बनाएर सभापति शेबहादुर देउवामाथि ‘हावी’ हुने रणनीतिमा संस्थापन इतर पक्ष, केन्द्रीय समितिको बैठकमा छुट्टै एजेन्डा प्रस्तुत गर्ने तयारी ।


४, सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको प्रधानमन्त्री प्रचण्डको भनाइ, नेपालको कला, संस्कृति र सभ्यताको आफ्नै मौलिकता र विशेषता रहेको उल्लेख, नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणका प्रमुख सभ्यताको सङ्गमस्थल भएको अभिव्यक्ति, एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय मिलेर बसको भनाइ ।


५, गण्डकी प्रदेशको मन्त्रालयको संख्या ७ मा झार्ने सहमति, मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेर मन्त्रालयको संख्या टुंगो लगाए, भोलि बिहानसम्म मन्त्रालय भागबण्डा सकिने, भोलि नै मन्त्रिपरिषद विस्तारको तयारी ।


६, पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी, शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या, फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने, डिएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने ।


७, तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरी मनाइँयो, मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु, प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइँयो, पर्वका अवसरमा काठमाडौंको टुडिखेलमा कार्यक्रम आयोजना ।


८, विप्रेषण व्यवस्थित गर्न सरकार नीतिगत सुधारको तयारीमा भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलकाृ भनाई, विप्रेषणलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार, विप्रेषणबाट भित्रिएको रकम उत्पादन, निर्माण र रोजगारीका साथै नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिने ।


९, भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेन, कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउपछि निर्माण रोकियो ।


१०, युक्रेनको जापोरिजिया क्षेत्रका दुई शहरतर्फ रूसी आक्रमण तीब्र, मस्कोको सेना जापोरिजियाका दुई शहरतर्फ अघि बढेको रूसको दावी, युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रीय राजधानी जापोरिजियाबाट करिब ५० किलोमिटर दक्षिणमा पर्ने ओरिखिभ र पूर्वतर्फको हुल्याइपोल गरी दुई सहरमा आक्रामक सुरु ।

प्रतिक्रिया दिनुहोस्