गैरआवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकको चार नयाँ खाता « Drishti News – Nepalese News Portal
Logo

गैरआवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकको चार नयाँ खाता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) लाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चारवटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । चार नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाइ मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाइ बचत खाता र ग्लोबल एनआरएन एफसीवाइ बचत खाता रहेका छन् ।

अमेरिकी डलरमा खोल्न सकिने एनआरएन एफसीवाइ बचत खातामा तथा मुद्दति निक्षेप वार्षिक ४ प्रतिशतसम्म व्याज प्रदान गरिने छ । त्यस्तै नेपाली मुद्रामा खोलिने एनआरएन एफसीवाइ मुद्दति निक्षेपमा ९.२५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज प्रदान गरिने छ ।

उक्त खाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने छ । साथै खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खाता सञ्चालकहरुलाई विदेशी मुद्रा सटहीमा पनि विशेष प्रिमियम प्रदान गरिने छ । एफसीवाई मुद्दति खाताहरु दुई वर्षदेखि तीन वर्षसम्मको अवधिको हुनेछ भने यसमा न्यूनतम् मौज्दात १०,००० अमेरिकी डलर रहेको छ । हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८५ शाखा रहित बैंकिङ सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्