Logo
Logo

वागमतीमा ३ वटा मन्त्रालय कटौती गरिने



हेटौँडा । वागमती प्रदेशमा ३ वटा मन्त्रालय कटौती हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १४ बाट घटाएर ११ मन्त्रालय कायम गर्ने तय भएको प्रदेश सचिवालयले जनाएको छ ।

सरकारले खर्चभार कम गर्न प्रदेशका मन्त्रालय कटौति गर्ने लक्ष अनुसार बनाइएको मन्त्रालय निर्धारण समितिले ३ मन्त्रालय कटौति गरी अन्य मन्त्रालयमा गाभ्न सुझाव दिएको सचिवाालयले जनाएको छ ।

प्रदेश मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा गठित उक्त समितिले आज दिउँसो १ बजे प्रतिवेदन पेश गर्दैछ । अहिलेको १४ मन्त्रालयको कामको मूल्याङ्न, आर्थिक भारलाई मध्यनजर गर्दै आफुहरूले कुन-मन्त्रालय कटौती गरी कहाँ मर्ज गर्दा काम गर्न सहज हुन्छ भन्ने हिसाबमा प्रतिवेदन तयार पारिएको निरौलाले जानकारी दिए ।

उद्योग तथा वाणिज्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सस्ंकृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई कटौती गरी अन्यमा गाभ्न सुझाएको उनले बताए ।

बागमती प्रदेशमा डोरमणी पौडेलको नेतृत्वमा ७ वटा मन्त्रालय रहेको थियो । त्यसपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पालामा १ थपेर ८ बनाइएको थियो । त्यसैगरी राजेन्द्र पाण्डेले गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयको संख्या १४ पुर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्