Logo

भूकम्प प्रभावितको उद्धारमा लाग्न मुख्यमन्त्री रावलको निर्देशन



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितको उद्धार र उपचारकाा लागी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन् ।

मंगलबार बाजुराको हिमाली गाउँपालिका र हुम्लाको सीमा क्षेत्र मैला केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरूको उचित व्यवस्थापनका लागि पनि रावलले निर्देशन दिएका हुन् ।

तराईका जिल्लामा समेत धक्का महसुस भएको भूकम्पले बाजुरासहितका पहाडी जिल्लामा भएको क्षतिप्रति गम्भीर बन्दै सोहीअनुसार खटिन सुरक्षा निकाय प्रमुखहरूलाई निर्देशन दिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री रावलले अझै भूकम्पका पराकम्प आउन सक्ने भन्दै चनाखो रहन समेत सबैलाई आग्रह गरेका छन् । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पका कारण बाजुराको गौमुल गाउँपालिकामा महिलाको मृत्यु भएको छ भने जिल्लामा अन्य तीन जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्