Logo
Logo

मधेशका दुई सांसदले लिए शपथ



जनकपुरधाम । मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सांसद बनेका दुईजना प्रदेश सांसदले शपथ लिएका छन् । रजि हैदर र रुवी कर्णले प्रदेशसभा सचिवालयमा बुधबार बिहान शपथ लिएका हुन् ।

सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ खुवाएका हुन् । दुवै जना समानुपातिक प्रणालीबाट सांसद भएका हुन् । मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले यसअघि उनीहरुको शपथ रोकिएको थियो । मधेश प्रदेशमा अन्य १०५ सांसदले भने पुस १५ गते नै शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्