Logo
Logo

बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता



काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुले आज (बुधबार) प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ लिएका हुन् ।

आज माओवादी केन्द्रबाट निर्वाचित गंगा नारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमारी मोक्तानले सामाजिक विकास मन्त्री, युवराज दुलालले भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा शपथ लिएका छन् ।

त्यस्तै, एमालेबाट निर्वाचित केशव प्रसाद पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्री, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्री, एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा शपथ लिएका छन् ।

राप्रपाबाट निर्वाचित डम्बर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्टले वन तथा वातावरण मन्त्रीको रुपमा शपथ लिएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ लिएकै दिन गत पुस २६ मा एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा र राप्रपाका उद्धव थापाले बिनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका थिए ।

बुधबारको मन्त्रिपरिषद् विस्तारमा थापाले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्