Logo
Logo

सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्वारा सम्मान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यसै अनुरुप भक्तपुरस्थित मानव सेवा आश्रमको १६ औ आश्रम उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान ग्रहण गरेका छन् ।

समाजको सकरात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पु¥याउँदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्वभरि आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस ग्रुपअन्तर्गत मनि ट्रान्सफर, फाउन्डेशन, फाइनान्स, आइटी कम्पनी, टे«डिङ, म्यानेजमेन्टलगायत थुप्रै कम्पनीहरु आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्