Logo
Logo

मधेश प्रदेशमा जनमतद्वारा कृषि मन्त्रालय स्वीकार



जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहाले भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यसअघि विना विभागिय मन्त्रीको शपथ लिएका कुशवाहालाई सत्ता साझेदार दलबीच सामाजिक विकास मन्त्रालय दिने सहमति भएको थियो । तर, बिहीबार प्रदेश प्रमुख कार्यालयले कुशवाहालाई कृषि मन्त्रालय तोकेपछि जनमत पार्टीका सांसदहरुले असन्तुष्टि जनाएका थिए ।

असन्तुष्टिकाबीच कुशवाहाले कृषि मन्त्रालय स्वीकार्ने निर्णय लिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवसँग छलफलपछि उनले कृषि मन्त्रालय स्वीकारको बताइएको छ । उनले आजै पदभार ग्रहण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्