Logo
Logo

दुई वर्षपछि बल्ल रामचन्द्रले सोधे– कांग्रेसलाई जनताले भोट किन दिएनन् ?


- माथवरसिंह बस्नेत


– माथवरसिंह बस्नेत

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्लले जनताले आफ्नो पार्टीलाई किन भोट दिएनन् ? दुई वर्ष अगाडि गर्नु पर्ने पाँडे प्रश्न, बल्ल उठाएका छन् । त्यसको विस्तृत अध्ययन, व्यापक खोज र गहिरो अनुसन्धान हुनु पर्ने आग्रह पनि उनको छ । यद्यपि, उनीजस्ता अध्ययनशील, बाचाल, निर्लोभी तर, चिकेन हार्ट भएका नेता भनेर चिनिने उनले किन यति ढिलो त्यो प्रश्न उठाएका होलान् भनेर प्रतिप्रश्न गर्न नसकिने होइन, तथापि, विलम्व गरेरै सही उठाउनै पर्ने प्रश्न उठाइसकेपछि अब त्यसलाई तार्किक निष्कर्षमा पु¥याउने र खोज र अनुसन्धानबाट निक्लेको निष्कर्षलाई पार्टीभित्र लागू गराएर छाड्ने संकल्प गर्न सके त्यस्तो प्रयास आफैंमा देश, प्रजातन्त्र र कांग्रेसका लागि उनको ठूलो योगदान ठहरिने निश्चित छ । तर अहिलेसम्म कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र, समाजवादका विषयमा जति गल्ती गरेको छ, त्यसमा उनको पनि उत्तिकै संलग्नता र अंशदान भएकाले त्यसलाई सच्याउन उनी तयार होलान् भनिहाल्न र भने पनि पत्याइहाल्न सकिने अवस्था भने छैन । तैपनि राजनीति भनेकै सम्भावनाको कला हो भन्ने नबिर्सने हो भने उनलाई पत्याउनै नहुने खण्ड पनि छैन । अर्को, उनीजत्तिको पत्याउन लायक र पार्टीको साँच्चै चिन्ता लिने, त्यस्तो चिन्तालाई कार्यकर्तासम्म सैद्धान्तिक तथा व्यवहारिक हिसावले सम्प्रेषित गर्नसक्ने नेता अरु छैनन् पनि ! भएकाहरुमा उनकोजस्तो विश्वसनीयता छैन । त्यसको अभावमा जतिसुकै ठूला कुरा गरे पनि कार्यकर्ताले पत्याउँदैनन् । अनि, उनीहरुका विचार, जतिसुकै काम लाग्ने किन नहोस्, जनताले नपत्याउने भएपछि त्यसको प्रयोजन पनि रहने भएन ! उपयोगिता नभएको कोरा उपदेश काम पनि लाग्दैन ।

माथवरसिंह बस्नेत

कांग्रेसलाई जनताले भोट नदिएका कहाँ हुन् र ! पटक पटक सुविधाजनक बहुमत दिएर एकमना सरकार गठन गर्ने जनादेश दिएकै हुन् । शासन गर्ने ढंग पु¥याउन नसकेर आफ्नो सरकार आफैं ढाल्ने रोग छरपस्ट हुँदा पनि जनताले उसलाई भोट दिन छाडेका थिएनन् । तर जब कांग्रेस आफैं आफ्ना आदर्श र सिद्धान्त छाडेर अर्काको एजेण्डा बोक्न थाल्यो, तब जनताले कांग्रेसलाई छाडेर जसको एजेण्डा हो, उसैलाई कार्यान्वयन गर्ने जिम्मा दिनु प्रजातान्त्रिक अभ्यास हो भन्नथाले । वास्तवमा उनीहरुको त्यस्तो निर्णय जनता सजग, सचेत र जागरुक भएको प्रमाण थियो । गल्तीले अथवा झुक्किएर उनीहरुले कम्युनिष्टलाई भोट दिएका होइनन् । कम्युनिष्टको एजेण्डा कम्युनिष्टलाई नै कार्यान्वयन गर्न दिनुपर्छ भन्ने उनीहरुको विवेकपूर्ण निर्णय थियो– नयाँ संविधान अनुसार भएको सबै तहका चुनावमा कम्युनिष्ट पार्टीलाई मतदान गर्ने अठोट । उनीहरुको त्यस्तो प्रजातान्त्रिक निर्णयलाई भ्रमित भएको आरोप लगाउने कांग्रेस आफैं भ्रममा परेको हो भन्न लाजमान्नु पर्दैन ।

यसअघि स्वयम पौडेलले केन्द्रीय समितिका बैठकमा त्यो प्रश्नलाई मुद्दाका रुपमा गम्भीरतापूर्वक उठाएको सुनिएको थिएन । सबै तहका चुनावमा हारको कारणको खोज र प्रजातान्त्रिक मान्यता अनुसार जिम्मेवारी ग्रहण गरेर पद त्यागको परम्परा बसाल्न दबाब सिर्जना गर्ने काम पनि उनीबाट संगठित रुपमा भएन । नढाँटि भन्नुपर्दा सस्तो लोकप्रियताका लागि नेतृत्वले जिम्मेदारी लिनुपर्छ भन्ने वक्तव्यको झटारो फाल्नेबाहेक साँच्चै छानविन होस् भन्ने कसैले पनि चाहेको देखिएको थिएन । सत्य त के पनि हो भने प्रयासै नभएपछि देखिने सवाल पनि उठेन । प्रजातन्त्रको अभ्यास र पार्टीको आन्तरिक जीवनलाई स्वच्छ र उदाहरणीय तुल्याउन त्यस्ता प्रयास पारदर्शी ढंगले उठ्नै पर्ने थियो । देखाउनैका लागि मात्र भए पनि हुनै पर्ने त्यस्ता अभ्यास प्रदर्शित गर्न कांग्रेस चुकेकै हो । पार्टीका प्रमुख नेताहरु सबै दोषजति सभापतिका थाप्लामा खन्याएर आफूचाहिँ पानीमाथिको ओभानो हुन चाहेको तथ्य उत्तिखेरै छरपस्ट भएकै हो । त्यस प्रकारको गल्ती, कमजोरी र अनुत्तरदायी, त्यसैले अप्रजातान्त्रिक क्रियाकलापमा सभापतिपछिको वरिष्ठ नेताका नाताले उनले पनि उत्तिकै नैतिक जिम्मेदारी लिनुपर्छ । त्यसबाट उनले उम्किन पाउँदैनन् पनि ।

अब फर्कौं, जनताले कांग्रेसलाई भोट किन दिएनन् ? जुन पार्टीले मतदान गर्न पाउने अधिकार जनतालाई दिलायो, जसले सत्ता परिवर्तनको माध्यम जनताको अभिमत हुनुपर्छ भन्ने मान्यता नेपालमा स्थापित ग¥यो, जुन पार्टीले मतदानबाट सत्ता परिवर्तनको परिपाटी बसाल्यो, जुन पार्टीले बहुदलीय प्रतिस्पर्धा कायम गराउन अवर्णनीय संघर्ष र बलिदान गर्न उत्प्रेरि गर्ने आन्दोलनको नेतृत्व ग¥यो, त्यही पार्टीले जनताको मत नपाउनु आश्चर्य र अचम्मको विषय थियो, छ र रहने पनि छ । यो प्रश्न, निर्वाचन परिणाम निक्लेको लगत्तै उठ्नु पर्ने थियो । कांंग्रेसभित्र मात्र होइन, उसका प्राध्यापकसंघजस्ता बुद्धिजीवी संगठनहरुले पनि अध्ययन र अनुसन्धान गरेर त्यसबाट निक्लेको निचोड पार्टीलाई दिनु पर्ने थियो । उसले त सभा, सम्मेलन र गोष्ठीसमेत गरेर त्यसका माध्यमबाट व्यापक छलफल गराउनु पर्ने थियो, त्यो पनि भएन । सबै पार्टी र नेतृत्वलाई दोष दिएर आफू साखुल्य हुनेतिर मात्र लागे, भविष्य सुधार्नेतिर कोही लागेनन् । त्यसअर्थमा रामचन्द्र पौडेलजीलाई धन्यवाद दिनै पर्छ, जसको दिमागमा त्यो प्रश्न वारम्वार ठोक्किरहन्छ । तसर्थ उनले त्यो प्रश्न उठाएर अरु नेताले जवाफ खोज्ने आँट र साहस गर्न नसकेको तथ्यलाई ढाकछोप हुन दिएका छैनन् ! त्यस्तो प्रश्न उठाउँदा अरुले आफूमाथि पनि औंला ठड्याउनसक्ने भएकाले होला कांग्रेसका कसैले पनि त्यो सवाल उठाएर जवाफ खोज्ने आँट र हिम्मत जुटाउन नसकेका ।

कांग्रेसलाई जनताले भोट नदिएका कहाँ हुन् र ! पटक पटक सुविधाजनक बहुमत दिएर एकमना सरकार गठन गर्ने जनादेश दिएकै हुन् । शासन गर्ने ढंग पु¥याउन नसकेर आफ्नो सरकार आफैं ढाल्ने रोग छरपस्ट हुँदा पनि जनताले उसलाई भोट दिन छाडेका थिएनन् । तर जब कांग्रेस आफैं आफ्ना आदर्श र सिद्धान्त छाडेर अर्काको एजेण्डा बोक्न थाल्यो, तब जनताले कांग्रेसलाई छाडेर जसको एजेण्डा हो, उसैलाई कार्यान्वयन गर्ने जिम्मा दिनु प्रजातान्त्रिक अभ्यास हो भन्नथाले । वास्तवमा उनीहरुको त्यस्तो निर्णय जनता सजग, सचेत र जागरुक भएको प्रमाण थियो । गल्तीले अथवा झुक्किएर उनीहरुले कम्युनिष्टलाई भोट दिएका होइनन् । कम्युनिष्टको एजेण्डा कम्युनिष्टलाई नै कार्यान्वयन गर्न दिनुपर्छ भन्ने उनीहरुको विवेकपूर्ण निर्णय थियो– नयाँ संविधान अनुसार भएको सबै तहका चुनावमा कम्युनिष्ट पार्टीलाई मतदान गर्ने अठोट । उनीहरुको त्यस्तो प्रजातान्त्रिक निर्णयलाई भ्रमित भएको आरोप लगाउने कांग्रेस आफैं भ्रममा परेको हो भन्न लाजमान्नु पर्दैन ।

जनताले कांग्रेसलाई भोट किन दिएनन् भन्ने ठाडो प्रश्नको ओठे जवाफ यस्तो छः–

– कांग्रेसले १२ बुँदे दिल्ली सम्झौता गरेर आफ्ना राजनीतिक मूल्य र मान्यतामा आधारित २०४७ को संविधान च्यातेर जमुना नदीमा बगाएको घटनाका निम्ति दण्ड प्रदान गर्न ।

– अंग्रेजी शब्द, डिमोक्रेसीको नेपालीमा अनुदित शब्द थियो, प्रजातन्त्र र हिन्दीमा लोकतन्त्र । कांग्रेसले २००३ सालदेखि प्रजातन्त्रका लागि लड्यो, सात सालमा प्रजातन्त्र ल्यायो र ०१७ सालमा प्रजातन्त्र खोसिएकाले त्यसको पुनस्र्थापनाका लागि लड्यो र २०४६ सालमा पुनस्र्थापित गरिछाड्यो । दिल्ली सम्झौताले त्यही प्रजातन्त्रलाई लोकतन्त्रमा रुपान्तरित गरिदियो । भारतका माओवादी अहिले पनि लोकतन्त्र ध्वस्त पार्न र जनवादी व्यवस्था स्थापित गर्न लडिरहेका छन् तर नेपालका माओवादीचाहिँ त्यही सम्झौताबाट लोकतन्त्रवादी भए । उनीहरुले जे गरे पनि कांग्रेसले प्रजातन्त्र छाडेर लोकतन्त्र बोकेको जनताले मन पराएनन् । त्यसैले कांग्रेसलाई भोट दिएनन् ।
– त्यो समझौताले भविष्यको नेपालका निम्ति जुन राजनीतिक एजेन्डा निर्धारित गरेको थियो, ती यिनै हुन्– (१) संविधानसभाबाट संविधान, (२) राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना (३) संघीयता, (४) धर्म निरपेक्षता र (५) समानुपातिक निर्वाचन पद्धति ।

– संविधानसभाबाट बनेको संविधानले तिनै एजेन्डालाई संस्थागत गरेकाले नयाँ व्यवस्था र अवस्थामा जनताले कांग्रेसको भूमिका देखेनन् । जसले ती एजेन्डा स्थापित गरेका हुन्, कार्यान्वयनको जिम्मा पनि उनैलाई दिनुपर्छ भनेर जनताले कांग्रेसलाई भोट नदिएर कम्युनिष्टलाई दिएका हुन् । खाँटी कुरा त्यही हो ।

अर्को, वर्तमान संविधान, हाँसको चाल, न कुखुराको चालको छ । आवधिक चुनाव त होला, तैपनि यो संसदीय व्यवस्था भने होइन, समाजवाद उन्मुख व्यवस्थामा पुग्ने संविधान हो । त्यो गन्तव्य भनेको नयाँ जनवाद हो । सारांशमा कांग्रेसले संसदीय व्यवस्था, संघीयता, राष्ट्रियता, हिन्दूराष्ट्र निर्वाचन पद्धति आदि कुनै पनि विषयमा अडान राख्न सकेन । सम्झौताका नाममा सबैथोक समर्पण गर्न पुग्यो । जनताले ती सबै नियालेका थिए । मौका पाउनासाथ कांग्रेसलाई त्यसको दण्ड दिए । अझै पनि अर्काको जडौरी एजेन्डा त्यागेर कांग्रेसले आफ्नै आदर्श र सिद्धान्तमा फर्कने इच्छाशक्ति देखाउन सकेको छैन । त्यसो नगरेसम्म जनताले उसलाई पत्याउने छैनन् । कांग्रेस पहिले नै घर झगडामा आकण्ठ डुबेको थियो, हारपछि झन् बढेको छ । फुटेका कांग्रेसले मिलेका कम्युनिष्टलाई हराउन सक्तैनन् । त्यसैले जसले मिल्न दिएको छैन, उसलाई पहिले मिलाउन अनिवार्य छ, होइन भने थप दुर्गति अपरिहार्य छ । गाँठो बाँधेर राखे हुन्छ ।

प्रतिक्रिया दिनुहोस्