Logo

कांग्रेस कुनै पनि दिन सरकारमा आउन सक्छ : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जस्तो अवस्था भएपनि फागुन २८ भित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै नेता कोइरालाले संविधान र कानूनका कुरा बाझिएको भएपनि फागुन २८ गतेभन्दा अगाडि राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने बताए । नत्र देशमा अनिष्टता जन्मिनेसमेत उनले चेतावनी दिए ।

‘राष्ट्रपतिको निर्वाचन हुनैपर्छ । यसमा कुनै इफ बट हुँदैन’ उनले भने, ‘कांग्रेसले आफ्नो उम्मेदवार दिन्छ र हामी सबै उम्मेदवार जिताउनलाई लाग्नुपर्छ ।’

उनले विगतको राजनीतिक घटनाक्रमले कांग्रेसले नै राष्ट्रपति पाउनुपर्ने दावी गरे । कांग्रेस कुनैपनि दिन सरकारमा आउन सक्ने पनि उनले बताए ।

नेता कोइरालाले यसअघि साढे ३ वर्ष विपक्षमा हुँदा एमाले र माओवादीकै कारण सरकारको नेतृत्व गर्ने अवसर जुरेको बताउँदै उनले भने, उनले भने, ‘अझ त्यस्ता घटनाहरू घट्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्